म पत्रकार हैन ।


मेरो जागिरे यात्रामा मलाइ धेरै ब्यत्तिहरूले पत्रकार ठान्नुहुन्थ्यो । तर म पत्रकार हैन । ठान्नु र वास्तविक रूपले हुनुमा आकाश पाताल बिचको फरक छ । त्यै पनि यहाँको स्थानीय पत्रिकाहरूमा लेख लेखिरहेको कारणले आजसम्म पनि धेरै ब्यत्तिहरूले मलाइ पत्रकार कै रूपमा चिन्नुहुन्छ । खैर, म फेरी पनि भन्छु म पत्रकार हैन । म त समय मिलाएर पत्रिका पढ्ने एउटा पाठक अनि सत्य, तथ्य र निश्पक्ष रूपमा सामान्य स्तरको लेख लेख्ने एक व्यत्ति मात्र हुँ । लेखकको उपनाम त मैले पहिलो पल्ट बरूवा टाइम्स दैनिक पत्रिकाबाट पाएको हुँ । त्यहि लेखकको उपनाम पाएको हुनाले पनि आजसम्म मैले पत्रिकामा सामान्य स्तरको लेख लेखिरहको छु । तरपनि पैसाको लागि भनेर लेख लेख्ने सोच र अठोट म मा छैन । किनभने पत्रकार हुन जे जस्तो ध्यान र ज्ञान चाहिन्छ । अनि जे जस्तो तपश्या गर्नुपर्छ त्यो इच्छाशत्ति म मा छैन ।
पहिलो पल्ट स्थानीय पत्रिका बरूवा टाइम्समा मिति २०६7 फागुण ८ गते अइतबार युवा शिर्षकमा लेख लेखेर मैले पत्रकारिताको क्षेत्रमा पाइला चालेको थिए । त्यो लेख नै मेरो जिवनको पहिलो लेख हो । जुन लेख भाग्य भनौं या झुक्किएर छापिएको थियो । त्यसपछि २०६7 फागुण ११ गते बुधबार नगरपालिका र मेरो देखाइ शिर्षकमा अर्को लेख माझखर्क पत्रिकामा इमेल गरिदिए । त्यो लेख पनि छापियो । अनि मात्र मैले सिलसिलेवर रूपमा सामान्य स्तरका लेखहरू लेख्दै स्थानीय पत्रिकाहरूलाइ मेल गर्न थाले । मैले लेखेको अधिकांश लेखहरू छापिदै गयो र यहि क्रममा आजसम्म २ सय भन्दा बढि मेरो लेखहरू स्थानीय पत्रिकामा र दर्जनौ भन्दा बढि लेखहरू जिल्लाबाहिरको पत्रिकामा समेत छापिइसकेको छ । जसको कारणले आज मैले मेरो साथीहरू सँग मात्रै सिमित परिचयलाई सबैमाझ एउटा लेखकको रूपमा समेत परिचित गराउन सफल भएको छु । आज मेरो ब्यत्तिगत सोच, बुझाइ र देखाइहरू शब्द मार्फत एउटा लेखको रूपमा कुनै युवा र कुनै समाजमा पुगिसकेको छ ।
पहिले पहिले जब मेरो लेखहरू छापिदै गयो तब मैले पत्रकारिताको तालिम बिनानै कसरि लेख लेखन जस्तो संवेदनशिल क्षेत्रमा हात हालिरहेको छु भन्ने सोचे । किनभने पत्रिका भनेको समाजको ऐना हो । यदि ऐना नै प्रष्ट नभएमा हामीले त्यो ऐनामा जे हेर्छो त्यो पनि प्रष्ट देखिदैन । अर्थात समाजको सकारात्मक चित्रण सबैमाझ आउन सम्भव हुदैन । त्यहि सोचेर पत्रकारिताको क्षेत्रमा लेख लेखन कार्यलाइ सकृयताको साथ निरन्तरता दिनकै लागि पहिलो पल्ट उद्घोषक संघ नेपालको आयोजनामा सञ्चालन गरिएको उद्घोषण तथा रेडियो पत्रकारिता तालिम लिए । त्यस तालिमबाट पत्रकारिता बारेको धेरै आधारभूत विषय बुझ्ने मौका पाए । त्यसपछि अझ सकृयताको साथ लेख लेख्ने साहस बढ्यो र लेखन कार्यलाइ निरन्तरता दिदै स्थानीय स्तरका दैनिक, साप्ताहिक अनि जिल्ला बाहिरको दैनिक पत्रिका लगायत कलेज टाइम्समा पनि केहि लेखहरू पठाए । मैले पठएको ती लेखहरू पनि छापियो । त्यहि कारणले गर्दा पनि दिन परदिनको उत्साह र नयाँ जोशका साथ आजसम्म मैले लेख लेख्ने कार्यलाइ निरन्तरता दिइरहेको छु ।
यसै क्रममा अर्थात लेख्ने क्रममा अग्रज पत्रकार दाजु महेश्वर चामलिगंसँग भेट गर्दै उहाँको सल्लाह र सुझाव लिन्थे । साथै महेश्वर दाइ र बिजय कुमार मिश्र सरले दिनुभएको एउटा अधारभूत पत्रकारिता तालिममा पनि सहभागी हुने अवसर पाए । लेख लेख्ने क्रममै उदयपुर जिल्लाको सदरमुकाम गाइघाटको परिवेश विश्लेषण बारे धेरै पुस्तकहरू अध्यनन गर्दा मैले गाइघाटमा रेडियो पत्रकारिताको क्षेत्रपनि बृहत बन्दै गइरहेको पाएको छु । किनभने गाइघाटमा पत्रकारिताको क्षेत्रमा एक दशक यताको समयलाइ हेर्ने हो भने यहाँ सञ्चार जगतको क्षेत्रमा बृहत्तर प्रगति भएको देख्न सकिन्छ । दैनिक र साप्ताहिक रूपमा दर्जनौ दर्जन भन्दा बढि पत्रिकाहरू छापिने गर्छ । साथै ३ वटा एफएमरेडियोहरू पनि सकृयताको साथ सञ्चालनरत छन ।
तर यसरी गाइघाटमा सञ्चारको क्षेत्रमा संख्यात्मक बृद्दि बढेता पनि बिडम्बना भनौ या दुःख सञ्चार क्षेत्रको गुणात्मक उपलब्धि भने अझसम्म सुधारोन्मुख अवस्थामै छ । निर्धारित समय सिमा र दक्ष जनशत्तिको व्यवस्थापनमा अझसम्म लापर्वाहि भइरहेकै छ भन्ने मेरो ब्यत्त्तिगत आरोप छ । आरोप अझ बढाउने हो भने यहाँको धेरैजसो पत्रिकाहरू क, ख, ग श्रेणीमा वर्गिकृत हुने बेलामा मात्र बढि सकृय देखिन्छ । यो पनि एउटा नराम्रो चलन बन्दैछ स्थानीय पत्रिकामा कि, काम गर्ने समय छउन्जेल लोडसेडिगं भयो र पत्रिका छाप्ने मेशिन बिग्रियो भनेर भन्ने तर वर्गिकृतको क्रममा चाहि सास न बास भए दौडधुप गर्ने ।
साथै पत्रिकाको विषयमा अर्को नराम्रो परिपाटि यो पनि छ कि, पैसाको लोभमा बरू एक इन्च भएनी ठाउँ बचाएर विज्ञापन हाल्ने गर्छन प्रकासक र सम्पादकले । तर त्यहि एक इन्च शब्द अट्ने ठउँमा पत्रिका समयमा प्रकासन हुन नसकेकोमा सुभचिन्तक, पाठक प्रति क्षमाप्राथी छौ भनि लेख्दैनन् सम्पादकले । साचो र सत्यको बाटो देखाउने अनि सत्य तथ्यको बयान गर्ने पत्रिका र पत्रकारको दायित्व बर्गिकृत समयसम्मको लागि मात्रै सिमित हो त ?
खैर, म त सामान्य स्तरको लेख लेख्ने सामान्य ब्यत्ति मात्र हुँ । मैले यस्तो लेखिरहन नमिल्ला । तरपनि गाइघाटमा पत्रिका चलाउने होडबाजी बढ्दै गएको तर व्यवस्थापन पक्ष फितलो रहेको देख्दा माथिको मेरो ब्यत्तिगत आरोप सहि नै होला । आज गाइघाटको एउटै घरको अगाडि ३ वटासम्म पत्रिकाको कार्यालको होर्डिगं बोर्ड टाँगिएको देख्न सकिन्छ । यस्तो अवस्थामा कुन पत्रिका उत्कृष्ट हो भनेर छुट्याउन साथै कुन पत्रिकाको वार्षिक ग्राहक बन्नु भन्ने विषयमा समस्या समेत बढेको छ । किनभने पहिले पहिले पत्रिका खोजी खोजी किनेर पढौ भनिन्थ्यो । तर आज धेरै पत्रिकाहरू सञ्चालन भइरहेको कारण पत्रिका खोजी खोजी हैन रोजी रोजी अनि किनेर हैन चिनेर पढौ भन्न सकिन्छ ।
यसकारण पनि आजको दिनमा समाजको यथार्थ चित्रण गर्ने पत्रकारहरूले पत्रिकालाइ कमाइ खाने भाडोको रूपमा मात्र प्रयोग नगरि सर्वसाधारण जनताहरूको विश्वास जित्ने काममा बढि प्रयोग हुनु आवश्यक छ । साथै, पत्रकारहरू चेयर मिटिगंदेखि लिएर ठूलठूला सेमिनारसम्ममा उपस्थित रहेका हुन्छन । आफ्नो पत्रिकाको पकड बजारमा बलियो बनाउनकै लागि समय सापेक्ष विषय वस्तुलाइ फ्रन्ट पेजको गहना बनाउँछन । तर पत्रिका भने समयमा छापिदैन । समयमा पढ्न पाइदैन । पत्रिकाको सहि सदुपयोग गर्न नसकेर या नजानेर जिल्लाबाट धेरै पत्रिकाहरू धरासयी बन्दै गइरहेको छ । त्यसैले पहिले पत्रिकाको व्यवस्थापन पक्षमा पनि सुधार गर्नु आवश्यक छ । बल्लतल्ल छापिएको पत्रिकामा सुद्दाशुद्दिको कमिले गलत र अशुद्द अर्थ र सन्देश पाठक माझ पुगिरहेको छ । त्यसैले पत्रिकाको सम्पादकले यस विषय प्रति पनि सोचिदिनु जरूरि छ । भत्ताको प्रलोभनमा मात्र नपरि समाजको सकारात्मक चित्रण गर्न सहि रूपमा प्रयोग हुनु आवश्यक छ ।
अन्ततः म पत्रकार हैन । मैले त आफ्नो स्वतन्त्र बिचार राख्न पाउने मौलिक अधिकारको सदुपयोग मात्र गरेको हुँ ।

No comments:

Post a Comment