झण्डै १० वर्षको अन्तराल पछिको लामो बस यात्रा । फेरि
यात्राभर वान्ता भयो भने बिरामी पर्छु होला अनि कसरी गोष्ठिमा सहभागी हुनु भन्ने
चिन्ताले काठमाण्डौ जाने दिन नजिकिदै जादा पिरोली रहेको थियो । त्यहि पिरोलोसँगै
दोश्रो पल्ट काठमाण्डौ गए । तर दोश्रो पल्ट भने वान्ता भएन । अग्नि रात्रिसेवा
बसबाट काठमाण्डौ गएको थिए । राति ढल्केबर कटेपछि सुति गइहाले वान्ता नगरी नै काठमाण्डौ
पुगे । तरफेरि काठमाण्डौको बारेमा मलाइ धेरै कुराहरू थाहा थिएन । काठमाण्डौमा पानीको
हाहाकारी छ भन्ने चाहि धेरै पटक सुनेको थिए । बसले कोटेश्वरमा रोक्छ तर कोटेश्वर पनि
कता छ भन्ने बारेपनि थाहा थिएन । तरफेरि राजधानि भित्र पाकेटमारा बढि हुन्छन भन्ने
चाहि सुनेको थिए । त्यसैले पाकेटमाराबाट सर्तक हुदै कोटेश्वर बस स्टपमा पुगेपछि
बाटोको एउटा दोकान अगाडि गए र कान्छा भेनाजुलाइ फोन गरिहाले ।
कान्छा भेनाजु भत्तपुर सल्लाघारीमा बस्दै ठेक्कापट्टाको काम
गर्नुहुन्छ । फोन गरेको करिब आधा घण्टापछि भेनाजु मैले फोन गरेको ठाउँमा आइपुग्नु
भयो । हैनभने काठमाण्डौ जस्तो व्यस्त शहर । कुन बस चढेर भत्तपुर सल्लाघारि
जानुपर्ने । फेरि बान्ता हुन्छ भन्ने पिर पनि लागिरहेको थियो । अझ भनूँ त्यो भन्दा
ठूलो पिर त ठूलो रूखबाट एउँटा पत्ता झरेझै कसैलाइ कसैको वास्ता नहुने काठमाण्डौ ।
एक्लै कुन बस, कुन ट्याक्सि चढेर जानुपर्ने । बा हराउँछु भन्ने डर पनि लागिरहोको
थियो । तर भेनासँग भेट भएपश्चात त्यस्तो सबै कल्पना बेकार गयो ।
कोटेश्वरबाट माइक्रो चढेर भत्तपुर सल्लाघारी पुगीयो । नाना,
भान्जी र सोल्टिले म कोटेश्वर आइसकेको भन्ने थाहा पाएपछि कहिकतै नगइ कोठामै
पर्खिबस्नु भएको रहेछ । वहाहरूसँग भेट भयो । केहि घरको केहि ब्यत्तिगत कुरा गर्न
थाल्यौ अनि कुराकानीसँगै बिहानको खाना खायौं । भेनापनि त्यो दिनको लागि काममा
जानुभएन । खाना सँगै खायौ र सबैजना काठमाण्डौ घुम्न गयौ ।
काठमाण्डौंको व्यस्त सडक अनि ठाउँ ठाउँमा घ्याच्च घ्याच्च
रोक्ने । भत्तपुरमा भर्खरै खाएको भात कोटेश्वर नपुगि नै वान्ता होलाझै वाकवाकि
लाग्न सुरू भयो मलाइ । भेना त बसमा हिडिरहने बानि परिसकेको । म र सानु नाना भने
अलि अप्ठेरो भयौ । तरपनि वान्ताचाहि भइहालेन । त्यसरी वान्ता हुन्छ कि भन्ने
चिन्तासँगै धरहरा पुग्यौ र त्यहि उत्रियौ । धरहराको छेउछाउमा थापिएको पसलहरू
नियाल्दै एउटा कपडा पसलभित्र पस्यौं । भोलिपल्ट म कार्यशालामा सहभागी हुन धुलिखेल
जानुपर्ने थियो । त्यसैको लागि एकजोर पार्टि शूज, एउटा भेष्ट किने अनि नाना र
भान्जीलाइ पनि एक एक वटा भेष्ट चिनो किनिदिए र रानी पोखरी घुम्दै बेलुकीको ३
बजेतिर कोठा फर्कियौ ।
अब मेरो काम भनेको कार्यशालामा बसुन्जेल लगाउनुपर्ने लुगा
प्याकिगंको काम मात्र बाँकी थियो । त्यसैको लागि चाहिने लुगाहरू प्याक गरे र
बेलुकाको खाना सबैसँग बसेर खाइ बेलुकी अबेरसम्म गफगाफ गरि सुत्यौ । भोलिपल्ट बिहान
४ बजेको अलरामसँगै ब्युझिए । उठेर बाथरूम पसे अनि हातमुख धोइ तल मेन रोडितिर
निस्किए । तल मेन रोडमा जसै पुगेको त मलाइ बडो अचम्म लाग्यो । किनभने त्यहाँ त
बिहानको ६ बजेसम्मपनि कुनै दोकान खुल्दैन रहेछ । फेरी आफुलाइ भने बिहान सबेरै चिया
पिउने तलतली । एक दुइ कप त ओछ्यानमै पिउने लत । तर त्यहाँ भत्तपुरमा भने ६
बजिसक्दा सम्म पनि कुनै चिया पसल समेत खुलेको भेटिन ।
नानाको कोठा फर्कु भने नानाहरू सुतिनै रहनु भएको । बाटो
छेउछाउ पनि कुनै चिया पसल नखुलेको । त्यहि सोचेर केहिबेर त्यहि मेन रोडमा आवत जावत
गरिरहेको गाडिहरू हेर्दै नजिकैको मन्दिरतिर गए । मसँग कोहि चिनजानको ब्यत्ति साथमा
थिएनन् । मन्दिरको नामपनि थाहा थिएन । सरासरी मन्दिर परिसर भित्र पसे । अनि
त्यहाबाट हरियालिपूर्ण भत्तपुरको वातावरण र त्यहि वातावरणलाइ हस्तक्षेप गरि
घरैघरले बनाइएको कृतिम संसार हेरे । अनि सोचे, यदि प्रत्येक वर्ष मानिसहरूको आवादि
बढ्दै जादा घरहरू पनि निरन्तर रूपले बन्दै जानेछ । अर्कोसाल म आउँदा यो मन्दिर पनि
रहन्दैन होला ।
केहिबेर त्यस्तै त्यस्तै कुराहरू मनमा खेलाउदै म मन्दिरको
चिसो र शान्त वातावरण वरपर दुइ तीन फन्का लगाए र नानाको कोठा फर्किए । कोठामा नाना
उठ्नु भएर चिया बनाउनको लागि दुध उमाल्दै हुनुहुदै रहेछ । त्यहिबेला मैले म त्यो
डाँडामाथिको मन्दिरमा गएर आएको भनेर सुनाए । नानाले त्यो सल्लाघारीको गणेशथान
मन्दिर हो अनि यो अगाडिको मेन रोड ६ लेनको बाटो । अनि यो घर चाहि जगतेको छोइला पसल
हो । नेपाली हिरो श्रीकृष्ण श्रेष्ठ पनि यहाँ छोइला खान आउँछ भन्दै हातले
देखाउनुभयो । आफु त दित्तेल जिल्लामा जन्मिएर गाइघाटमा हुर्के बढेको । छोइला भनेको
के था । श्रीकृष्ण श्रेष्ठ खान आउँछ भनेर भन्नुहुदा छोयला खानेकुरानै रहेछ भन्ने
थाहा पाए ।
बिहान घडिको घण्टासुइ ८ मा पुग्नै लागेको थियो । म धुलिखेल
जान रेडि भएर बसिरहेको थिए । त्यहिबेला एक्शनएड नेपालको अनिता म्याडमले देबन जी
तपाइ सल्लाघारीको बस स्टोपमा पर्खिबस्नु । सहभागीहरू सहितको एउटा बस छुटिसक्यो ।
हामी अर्को बसबाट जटिबुटि चोक आइपुग्यौ । सेतो बस छ चिन्नु है भनेर भन्नुभयो ।
अब परेन फसाद । त्यो ६ लेनको बाटोमा सेतो बस कति गुड्छन कित, कसरी थाहा पाउने ।
त्यै पनि ब्याग बोके अनि नानालाइ गए भनेर कोठाबाट तल झरे । कोठाबाट बस रोक्ने ठाउँ
ठ्याक्कै अगाडि नै थियो । म बस रोक्ने ठाउमै गएर उभिरहे । सेतो बस आउने बित्तिक्कै
यो पो हो कि, त्यो पो हो कि भन्दै हेरे । त्यसो गर्दागर्दै १५ २० मिनेट बित्यो ।
मेरो अगाडिबाट सेतो बसहरू धेरै आयो धेरै गयो तर म जानुपर्ने बस चिन्नै सकिन । बस
स्टपमा उभिदा उभिदा खुट्टा नि गल्यो, दिक्क लाग्यो र कोठा फर्किए । कोठा फर्किएर
ब्याग जसो राखेको मात्रै थिए फेरी देबन जी तपाइ कहाँ हुनुहुन्छ ? हामी
सल्लाघारीको बस स्टपमा आइपुग्यौ भनेर अनिता म्यामले फोन गर्नुभयो ।
प्रतिउत्तरमा म भर्खरै त्यहिबाट फर्किएर कोठा आइपुगे । ल तल झर्दैछु भन्दै बस
स्टपमा पुगे र त्यहाँबाट एक्शनएड टिमसँगै धुलिखेलतिर लागे ।
धुलिखेल काठमाण्डौंबाट लगभग २८ कि.मि टाढा पूर्वमा पर्ने
सानो तर सुन्दर जिल्ला रहेछ । काठमाण्डौ जानुभन्दा अघि नै मैले गुगलबाट धुलिखेलको
केहि जानकारीहरू टिपेको थिए । किनभने कुनैपनि नयाँ ठाउँ जानुभन्दा अगाडि त्यो ठाउँको
बारेमा सामान्य जानकारी राख्नु आफ्नै लागि राम्रो हो भन्ने सोचेर म बस्ने चौतारा
होटलको बारे पनि केहि जानकारि टिपेको थिए । त्यसरी सल्लाघारीबाट बस चढि एक्शनएड
नेपालको टिमसँगै धुलिखेल जादै गर्दा बसले जति जति उकालि ओह्राली काट्दै गयो उति
उति शान्त, मनोरम र भत्तपुर भन्दा अलि बढि चिसो वातावरणको महशुस बढ्दै गयो । सवारी
साधनहरूको कोलाहल भन्दा पर, तर यातायात पुग्ने रमणीय एवं मनमोहक दृश्यहरूले
सुसज्जित पहाडको थुम्कोहरू देखिन्दै गयो । तराइ भेगमा नपाइ घँघरूको पोथ्रपोथ्री ।
झ्याउकिरीको एकतमासको झ्याइइइ आवाज । हुस्सुले घरि ढाक्ने घरि एकैछिनमा छाडेर घमाइलो
बनाउने मिश्रित दृश्यले मेरो मन लोभ्याउदै लगिरहेको थियो....
केहि समय पश्चात बसले भत्तपुरको सल्लाघारीबाट धुलिखेलको
चौतारी होटलमा पुर्याएर रोकीयो । हामी त्यो बसमा झण्डै १० ११ जना मात्र सहभागीहरू
थियौं । बसले होटलमा पुर्याइसकेपछि सबै आ आफ्नो ब्याग बोकि होटलको काउण्टरमा पस्यौ
। झट्ट हेर्दा त्यो होटलको अगाडिको माथिल्लो भागमा कास र स साना खपडाले छाइएको
थियो । होटलको बाहिरी रूप एकदम सामान्य देखिन्थ्यो । तर होटल भित्रको सजावट भने
असाध्यै सुन्दर अनि मनमोहक थियो । सहभागीहरू मध्ये केहिले भन्दै थिए त्यो होटल
सामान्य थियो । तर मेरो लागि त्यो होटल धेरै राम्रो र सामान्य भन्दा माथिको थियो ।
कोलाहल भन्दा धेरै पर । पहाडको शान्त वातावरण । चिसो मैसम । चारैतिर हुस्सुले
ढाकेको वनजंगल । वास्तवमा भन्नुपर्दा त्यो होटल र होटलको वातावरण असाध्यै मनमोहक
देखिन्थ्यो ।
त्यसरी म होटलको मनमोहक सजावट नियाल्दै काउण्टर भित्र पसे र
आफ्नो कोठा कुन हो भनेर सोधे । म र जिवन दाइको लागि एउटा कोठा छुट्याइएको रहेछ ।
हामी उदयपुरबाट दुइजना सहभागी भएको कारण एउटै कोठामा राखिदिएछन । तपाइको रूम
तल्लो लाइनको १०४ नम्बर हो भाइ भनेर काउण्टरमा बस्नु भएको एकजना दाइले भन्नुभयो र
रूमको चाबि दिनुभयो । म काउण्टरबाट आफ्नो कोठाको चाबि लिइ कोठा पसे । कोठा
भित्रको सजावट पनि असाध्यै राम्रो र व्यवस्थित थियो । बेड छेउमा ब्याग राखे र चाबि
लगाइ फेरी काउण्टरको सोफामा गइ पत्रिका पढ्दै बसे ।
बिहानको नास्ता ८ बजे
प्लानिगं गरिएको रहेछ । तर हामी चढेको बस अबेर पुगेको कारण हाम्रो लागि ब्रेकफास्ट
९ बजेतिर भयो । ब्रेकफास्टमा सबै खानेकुराहरू स्ट्यान्डर्ड थियो । रातो सेतो लेदो,
पाउरोटि, आलु फ्राइ, उसिनेको अण्डा । घरमा त चियामा पाउरोटि चोबेर खान्थे । त्यहाँ
भने पाउरोटिलाइ टोस्ट अनि सेतो चाहि बटर अनि रातो चाहि जाम रहेछ । पहिलो चोटि आफुलाइ
त थाहा थिएन । सेतो चाहि मिठो होला भनेर तीन चार चम्ची हाले अनि एउटा टेलबमा गइ
पाउरोटिमा धेरै दलेर खाएको त त्यो त डाल्दा घ्यूँ जस्तै पो गन्हायो । सर्लक्कै
सेतो दलेको पाउरोटि छाडेर अर्को पाउरोटिमा रातो मात्रै दलेर खाए । मैले त्यसरी
खाएको छेउकै टेबलमा बस्नुभएको बिजय सरले नियाली रहनु भएको रहेछ । पछि झल्यास्स सर
तिरै आँखा परेपछि लाजले
No comments:
Post a Comment