२०६२ सालको एसएलसी परीक्षा पछि


२०६२ सालको एसएलसी परीक्षा पछिको फुर्सदको समयमा म नेस्पेक उदयपुर जाने गर्थे । नेस्पेक उदयपुर वि.सं. २०५३ साल असोज १० गते जिल्ला प्रशासन कार्यालय उदयपुरमा दर्ता भइ स्वयंसेवकीय अवधारणा अनुसार काम गर्ने एउटा गैरसरकारी संस्था हो । नेस्पेकमा मेरो दाजु एक्शनएड नेपालसँगको साझेदारीमा सञ्चालित खाद्ध सुरक्षा सवालमा भूमि अधिकार अभियान अर्न्तगत लेखा सहायक पदमा कार्यरत हुनुहुन्थ्यो ।
दाजु नेस्पेकमा कार्यरत हुनुको साथै नेस्पेकका अन्य सदस्य र कर्मचारीहरूसँग मेरो पनि राम्रो चिनापर्चि भएको कारणले गर्दा मलाइ नेस्पेक जान कुनै अप्ठेरो थिएन । त्यसैले पनि म नेस्पेकमा दिन परदिन जाने क्रममा त्यस संस्थाको स्वयंसेवकको फर्म भरे र संस्थाको विभिन्न कार्यक्रम र तालिमहरूमा सहभागी पनि हुन थाले ।
त्यहि वर्ष अर्थात ०६२ सालमै हो जेठ ८ गते सात राजनीतिक दलहरूले मिलेर जनआन्दोलन २ सुरू गरेको थियो । अनि ०६२ चैत्र २४ गते जनआन्दोलन २ को अन्तिम चरणको आन्दोलन सुरू गर्यो । तर के वि.सं.२०५८ जेठ १९ गते बिरेन्द्र राजपरिवारको हत्याकाण्ड नभएको भए २०६३ ०६३ को आन्दोलन हुने थियो त ? यो प्रश्न अझसम्म म मा बेलाबेला उब्जिरहन्छ ।
खैर, त्यस आन्दोलनमा घाइते भएकाहरूलाइ उपचार गर्नको निम्ति नेस्पेकले एक आकस्मिक शिविर सेवा सञ्चालन गरेको थियो । तर, आन्दोलनका घाइतेहरूलाइ उपचार गर्न सरल भने भएन । आन्दोलनमा खटाइएका दंगा प्रहरीहरूले त्यो सिविर समेत तोडफोड गरिदियो । सिविर भित्र अश्रु ग्याँस हान्यो र त्यहाँको उपचारको सामान बुटले हानेर छरपस्ट पारिदियो ।
त्यहि क्रममा एक गोलि बासुदेव खड्काको घुडामुनि लाग्यो । सिविर बाहिर म पुग्दा त्यहाँ एउटा एम्बुलेन्स भित्र बासु दाइलाइ सुताइएको थियो भने अन्य पत्रकार, मानवअधिकारकर्मी लगायत स्वास्यकर्मी समेतलाइ आन्दोलनमा खटाइएका दंगा प्रहरीहरूले कुटपिट गरेर घाइते बनाएका थिए ।
साथै दंगा प्रहरीहरूको टोलिले गाइघाटको मेनचोक घेरालगाइ अश्रु ग्याँस प्रहार गरिरहेको थियो । उत्त अश्रु ग्याँसको पोलाइले धेरै आन्दोलनकारीहरू चिच्याइरहेका थिए । कोहि पानी पानी, कोहि प्याज प्याज भन्दै ग्याँसको पोलाइले रोइरहेका थिए । तरपनि जो कोहि सहयोग गर्न सक्षम थिएनन् ।
अन्ततः आन्दोलनको दिनहरू लम्बिदै जाने क्रममा वि.सं. ०६३ साल बैशाख ११ गते सात दलको रोडम्याप अनुसार राजा ज्ञानेन्द्रले नेपाली जनतालाई नेपालको सार्वभौमसत्ता सुम्पदै प्रतिनिधिसभाको पुनर्स्थापना गरेको घोषणा गरे पश्चात मात्र जनआन्दोलन २ समाप्त भयो र लोकतन्त्रको नयाँ आभाषसँगै हर आम नेपालीहरूले स्वतन्त्रताको सास फेरे
यस प्रकार म ०६२ सालदेखि नै उदयपुर जिल्लास्थित एउटा गैरसरकारी संस्था नेपाल सामाजिक विकास तथा जनशसत्तिकरण केन्द्र (नेस्पेक) उदयपुरमा एक स्वयंसेवक भइ त्यस संस्थाले सञ्चालन गर्ने विभिन्न प्रकारका अभियानदेखि लिएर आन्दोलन २ को सिविर सञ्चालन कार्यक्रमसम्म प्रत्यक्ष र परोक्ष रूपमा सहभागी भएको थिए ।
मेरो पढाइ धेरै राम्रो त हैन । त्यै पनि नेस्पेकमा स्वयंसेवक छदा केहि तालिमहरूमा सहभागी हुने अवसर पाएको हुनाले केहि गर्नसक्छु भन्ने आँट र आत्मविश्वास म मा थियो । साथै कम्प्यूटर सम्बन्धि आधारभूत ज्ञान तथा सिप, सफ्टवेयर, अपरेटिङ सिस्टम, वर्ड प्रोसेसिङ, स्प्रेडशिट, प्रेजेन्टेशन सफ्टवेयर, कम्प्यूटर भाइरस, सूचना सञ्चार, इमेल इन्टरनेट, कम्प्यूटर ग्राफिक्स, पेज लेआउट, मल्टिमिडिया र कम्प्यूटर प्रोग्रामिङ सम्बन्धि कार्यमा दक्ष थिए स साथै पत्रिकाको लागि पेज सेटअपका ज्ञान पनि धेरथोर बटुलसकेको थिए । सोच्दथे म अब भोकै मर्दिन ।
नभनदै, संयोगवस व्यवस्थापन संकायमा प्रविणता प्रमाणपत्र तह पास गरेकै वर्ष नेस्पेक उदयपुरमा कार्यक्रम संयोजक, बाल प्रायोजन संयोजक र लेखा सहायक पदहरूमा कर्मचारी माग गर्यो । मैले ति पदहरू मध्ये लेखासहायक पदमा नेस्पेककै विभिन्न कार्यक्रमहरूमा संलग्न रहेका अर्का एक स्यंसेवकसँग प्रतिस्पर्धा गरि उत्त परीक्षामा उतिर्ण पनि भए ।
उतिर्ण त भए तर जागिर पाउदाको पहिलो अनुभव खासै खुशीपूर्ण भएन । सायद जागिरको अभाव नभएर होला अनि कुरकुरे वैंशले गर्दापनि हुनसक्छ । अँ अनि साथीहरूसँग दिनहुको रमाइलो भेटघाटले गर्दापनि हुनसक्छ जागिर कसैले फ्रि मा दिएको ललिपप जस्तै लाग्यो । साथै यति सजिलै जागिर पाइदो रहेछ । तर सबैले जागिर पाउन कत्ति गाह्रो भनेर किन भनेको होलान भनेर पनि सोचे ।
 तर सायद नातावादको कृपापनि हुनसक्छ मैले जागिर पाउनुमा । किनभने, प्रायशः गैरसरकारी संस्थाहरूमा श्रीमान अध्यक्ष भए श्रीमती कार्यक्रम संयोजक हुन्छन । दाजु मामा, बुवा कार्यसमितिमा भए दिदी, भान्जाभान्जि, छोराछोरी सबैले गुलीयो ललिपप झै एनजिओको रस चुस्न पाउछन ।
त्यसरी नै मैले पनि सन २००९ मार्च १ तारिखदेखि एउटा एनजीओको रस चुस्ने मौका पाए । अर्थात, सन २००९ मार्च १ तारिखदेखि मैले वैधानिक रूपले नेस्पेक एक गैरसरकारी संस्थामा कर्मचारी बनेर काम गर्ने मौका पाए र अन्य कार्यरत कर्मचारी, कार्यसमिति सदस्यहरूसँग घुलमिल हुदै अनुभव बटुल्दै गए ।
त्यस खाद्ध सुरक्षा सवालमा भूमि अधिकार अभियान अर्न्तगत मुख्य गरि म लेखा सहायक, एक कार्यक्रम संयोजक, एक बालप्रायोजन संयोजक र एक कार्यालय सहायक गरि जम्मा ४ जना कार्यालय स्तरमा कार्यरत थियौ भने ४ गाविसको लागि एक एक अभियानकर्ता र दुइ दुइ गाविस भ्याउने गरि एक एक सामाजिक परिचालकहरू कार्यरत थियौं । यसरी हामी ११ जना कर्मचारी कार्यरत थियौ भने सात सदस्यीय कार्यसमिति रहेको थियो । तरपनि म लगायत कार्यक्रम संयोजक र बालप्रायोजन संयोजकको जिम्मेवारी अन्य कर्मचारीहरूको तुलनामा अलि बढि र महत्वपूर्ण थियो । किनभने गाविस स्तरका समग्र कार्यक्रमहरूको सञ्चालन, साथै बजेट व्यवस्थापन हामी तीन जनाको जिम्मामा थियो ।
यहि कारणले पनि हुनसक्छ कि, कोर स्टाफ र फिल्ड स्तरका स्टाफलाइ तलबमा पनि तलमाथि गरिएको हुन्छ । किनकि फिल्ड स्तरका कर्मचारीहरू अभियानको कुनै कार्यक्रममा मात्र सिमित हुन्छन । तर कोर स्टाफ भने फिल्ड स्तरका अभियानको साथसाथै कार्यालय स्तरका सम्पूर्ण व्यवस्थापकीय कार्यमा समेत संलग्न र जवाफदेहि समेत हुनुपर्छ । त्यस अर्थमा म पनि नेस्पेक उदयपुरको प्रशासन र लेखा व्यवस्थापन दुवै पक्षको जिम्मेवारी सम्हालेको एक जिम्मेवार कर्मचारी थिए । त्यहि कारणले पनि दातृ निकाय एक्शनएड नेपालद्दारा सन २००९ जुन महिनामा धुलिखेलमा सञ्चालन हुने वित्तीय व्यवस्थापन कार्यशालामा सहभागी हुने अवसर पनि पाइहाले.........
अविधाबाट एक अंश मात्र

No comments:

Post a Comment